×

वीरगञ्ज १ असोज । आजदेखि लामो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् । गएको ६ महिनादेखि बन्द रहेको सवारी साधन खुलेसँगै वीरगञ्जको बसपार्क क्षेत्रमा चहल पहल देखिएको छ ।

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै सवारी साधन सञ्चालन बन्द भएका थिए ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, दुरीका सबै गाडी सञ्चालनमा ल्याएका हुन् ।

सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ ।

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ ।

यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

Back to top