×

वीरगञ्ज १ असोज । मुख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्वमा रहेको प्रदेश नं. २ को सरकारको लापरवाहीका कारण बाराको जिपुरसिमरा उपमहानगरपालिकामा निर्माण गर्ने भनिएको आइसोलेशन केन्द्र अलपत्र परेको छ ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीको घोषणा गर्ने, निर्णय मात्र गर्ने तर कार्यन्वयन नगर्ने रवैयाका कारण कोरोना संक्रमितहरुलाई राख्न अत्याव्षक मानिने आइसोलेशन केन्द्र अलपत्र परेको हो ।

नेपालमा कोरोनाभाइरस संक्रमण भित्रिएदेखि ठुल-ठुला घोषणा मात्र गर्ने तर काम केहि नगर्ने मुख्यमन्त्री लालबाबु राउतको लापरवाहीको यो अर्को उदाहरण मात्र हो । कोरोना महामारीको कारण कुनै बेला भयावह बनेको प्रदेश नं. २ मा समेत केहि गर्न नसकेका मुख्यमन्त्री राउतले जनताको बिस्वास गुमाउँदै गएका छन् ।

मुख्यमन्त्री राउतले यसअघि पनि प्रदेशको प्रत्येक जिल्लामा पिसिआर मेसिन उपलब्ध गराउने घोषणा गरेपनि अहिलेसम्म उपलब्ध गराउन सकेका छैनन् । उनले लगभग एक महिना अगाडी प्रदेश नं. २ को हरेक जिल्लामा १५ दिन भित्र प्रदेश सरकारले पिसिआर मेसिन सञ्चालन गर्ने घोषणा गरेका थिए तर उनको घोषणा घोषणामै सिमित रह्योग ।

छलफल, बैठक र घोषणा मात्र गर्ने मुख्यमन्त्री राउतले प्रदेशको जनतालाई ठगिरहेको आरोप लाग्न थालेको छ ।

प्रदेश दुईमा कोरोना संक्रमितको बढ्दो चापसँगै कोरोना संक्रमितको उपचार र अस्पतालको अभाव भएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बन्ने भनिएको चार सय र कलैया उपमहानगरपालिकामा एक सय शैय्याको आइसोलेशन केन्द्र अहिले अन्योलमा परेको छ ।

प्रदेश सरकारले जिल्ला विपत् व्यवस्थापन समिति बारालाई तेकिएको रकम र स्थानको लिखित अनुमति नदिएकै कारण पाँच सय शैय्याको आइसोलेशन केन्द्र अन्योलमा परेको हो ।

दुई साताभित्र सम्पन्न गरिने तयारी थालिएको भनिएता पनि आइसोलेशन केन्द्र एक महिना बित्न लाग्दा पनि बन्न सकेको छैन ।

प्रदेश सरकारले जिल्ला विपत व्यवस्थापन समिति बारालाई काम गर्न छुट्याएको एक करोड ७० लाख खर्चको आधार बनाएर पत्राचार गर्दा समेत अनुगमन र अवलोकनपछि मात्रै भनेका कारण संकटको अवस्थामा आइसोलेशन केन्द्रको काम रोकिएको हो ।

प्रदेश सरकारले लिखित अनुमति नदिए कै कारण अहिले काम रोकिएको साथै प्रदेश सरकारसँग लिखित अनुमति माग्ने काम भईरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

जिल्ला विपत व्यवस्थापन समिति बाराले जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको अस्थायी कोरोना अस्पताल सिमरामा तीन सय शैय्या, पथलैया स्थित ट्रमा सेन्टरको तालिम केन्द्रमा एक सय शैय्या र कलैया उपमहानगरपालिका वडा नं.३ गङ्गापुरमा अवस्थित शैक्षिक तालिम केन्द्रमा एक सय शैय्याको आइसोलेसन केन्द्र बनाउने तयारी गरि रहदा समेत प्रदेश सरकारले लिखित अनुमति दिएको छैन ।

यता कोरोना संक्रमितलाई राख्न ठाउँ अभाव भए पछि प्रदेश सरकारले थप पाँच सय शैय्याको आइसोलेशन कोन्द्र निर्माण गर्न भनिएको एक महिना सम्म पनि नबन्दा स्थानीयले बिरोध समेत गरेका छन् ।

अस्थायी आइसोलेशनमा बिरामीहरुका लागि राम्रो व्यवस्था नभएपछि बारामा कोरोना संक्रमितहरु होम् आइसोलेशनमा बस्न बध्य भएका छन् ।

प्रदेश सरकारले बृहत् रुपमा घोषणागरी प्रदेश दुईमा देश कै नमुना आइसोलेसन अस्पताल बनाउने भनिएको भएतापनि प्रदेश सरकारले नै नगर्दा कार्यावन्यन हुन नसकेपछि प्रदेश सरकार बारामा आलोचित बन्न थालेको छ ।

प्रदेशमा संक्रमितको संख्या दिन प्रति दिन थपिंदै गए तापनि प्रदेश सरकारले आइसोलेशन केन्द्र निर्माणमा ढिलाई गरेमा स्थानीय युवाहरुले रकम संकलन गरी प्रदेश सरकारलाई आइसोलेशन केन्द्र निर्माण गर्न सहयोग गर्ने समेत बताएका छन् ।

उपचार र अस्पतालमा बेड अभाव भएपछि जिल्लामा दुई सय जना बढी संक्रमित स्वास्थ्य मापदण्ड बिनै होम आइसोलेसनमा बस्न बाध्य भएका छन् ।

बारामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ५३ पुगेको छ । भने , कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या १९ पुगेको छ ।

यस्तै बारा जिल्लामा हाल दुई सय ९५ जना आइसोलेशन छन् । जस मध्ये दुई सय जना होम आइसोलेशनमा रहेका छन् भने आठ सय ३९ जना संक्रमण मुक्त भईसकेका छन् ।

 

Back to top