×

वीरगञ्ज १ असोज । लामो समयदेखि वीरगञ्जमा लागेको निषेधाज्ञाका कारण अफ्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्न स्थानिय प्रशासनले लगाएको निषेधाज्ञाका कारण वीरगञ्ज र आसपास क्षेत्रका हजारौँ परिवार प्रभावित भएका छन् ।

दैनिक ज्याल्दारी, मजदूरी र विभिन्न काम गरेर आफ्नो जीवकोपार्जन गर्नेहरूको काम ठप्प हुँदा उनीहरुलाई आफ्नो परिवारको दुई छाक टार्न समस्या परेको छ ।

यस्तै प्रबावित परिवारलाई बिहीबार (आज) टीम नेपो नामक संस्थाले राहत वितरण गरेको छ ।

संस्थाले प्रधान परिवार फिलानथ्राेपी तथा राेटरी क्लब अफ वीरगञ्जसँगको सहकार्यमा राहत वितरण गरेको हो । संस्थाले नगरका विभिन्न स्थानमा पुगेर राहतमा चामल, दाल, तेललगायतका सामग्री वितरण गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाको श्रीपुर, सुख्खा बन्दरगाह, लक्ष्मणवा, मुर्लीलगायतका क्षेत्रमा बसाेबास गर्ने ४९ प्रभावित परिवारलाई राहत बाँडिएकाे टिम नेपाे पर्साका संयोजक दिपु बरानवालले जानकारी दिए ।

Back to top