×

वीरगञ्ज ३१ भदौं । पर्सामा कोरोना परिक्षणको दयारा बढेसँगै संक्रमितपनि थपिएका छन् । जिल्लामा मंगलबार १ सय ५२ जनाको पिसिआरप्रविधिबाट थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पाँच संक्रमित थपिएका छन् ।

विगत केहि दिनदेखि पर्सामा परिक्षणको संख्या कम भएको कारण संक्रमितपनि घटेका थिए । पर्सामा सोमबार लगभग ४० जनाको मात्र कोरोना परिक्षण गर्दा एक जनापनि संक्रमित थपिएका थिएनन । तर मंगलबार परिक्षणको दायरा बढाएर १ सय ५२ जनाको परिक्षण गरिएपछि पाँच जना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा पर्साका ४ पुरुष र १ महिलागरी जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । थपिएका संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको छ ।

मंगलबार कुल २०८ जनाको स्वाब परिक्षण गरिएको थियो । जनामध्ये पर्साका १५२ जना रहेका थिए । साउनको सुरुवातबाट कोरोना संक्रमण बढ्ने क्रम सुरु भएको पर्सामा पछिल्लो पटकआएर संक्रमित थपिएपनि जोखिम भने कम भएको छैन ।

 

Back to top