सीमा नाकाबाट हुने अबैध क्रियाकलापको निगरानीमा डिआइजी ब्रम्हचाय

388

बीरगञ्ज ३० भदौ । नेपाल र भारत दशगजामा रहेको सीमा स्तम्भको साथ साथै सीमा नाकाबाट हुने अबैध क्रियाकलापको निगरानीमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्य जुटेका छन ।

बारा, पर्सा, रौतहट लगायत प्रदेश नम्बर २ को ८ वट्टै जिल्लाहरूमा अहोरात्री आफै खटी सशस्त्र प्रहरी बल नेपालका डिआइजी ब्रम्हचार्य निगरानी गर्न थालेका छन । सीमामा खटिएका सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूलाइ कडा निगरानी बढाउन निर्देशन दिनुको साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउन निर्देशन दिनु भएको हो ।

सोमबार बाराको सिम्रौणगढ, पिपरपाती, कवहिगोठ लगायतको ठाउहरूमा निरीक्षण गर्न आउनु भएका डिआइजी कृष्णभक्त ब्रम्हचार्यले बाराको सबै बोर्डर आउट पोस्टका प्रमुखहरूलाइ निगरानी बढाउन निर्देशन दिनुको साथै गल्ती गर्ने प्रहरी अधिकारीहरूलाइ कानून बमोजिम कारवाही गर्न समेत चेतावनी दिनुभयो । उहाले आफ्नो संगठनको नीति निर्देशन विपरित कुनैपनी बि.ओ.पि कमान्डर काम गरेको फेला परे आफू कारवाही गर्नबाट पछि नहटने बताउनु भयो ।



सीमा स्तम्भको निरीक्षणमा निस्केका डिआइजी अचार्य सोमबार अबेर रातीसम्म निरीक्षण गरिने बताउनु भयो । सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी ठूलो भएको र आफ्नो संगठनले सीमा स्तम्भको लागि थप जनशक्ती परिचालन गर्ने डिआइजि कृष्णभक्त ब्रम्हचार्यले जानकारी दिनुभयो ।

आज पनि डिआइजी कृष्णभक्त ब्रम्हचार्य लगायत जनता समाजवादी पार्टी नेपालका नेता संघिय सांसदद्वय सहित पर्साको सिमा क्षेत्रको स्थलगत निरीक्षण तथा सिमाको अवस्था बारे जानकारी लिने क्रममा वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, अलौ लगाएतका नाकामा पुगेर अवस्था बारे निरिक्षण गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here