×

वीरगञ्ज ३० भदौँ । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

अस्पतालको आइसियू कक्षमा उपचाररत दुमरबाना-१४ बाराकी ५५ वर्षीया महिलाको सोमबार राति ७:१५ मा मृत्यु भएको नारायणी अस्पतालका कोरोना फोकल पर्सन डा.अतुलेश चौरासियाले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेह रोगी महिलालाई स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । अस्पातलमा उनलाई आइसियूमा राखेर उपचार गरिए पनि उनको ज्यान बचाउन नसकिएको डा. चौरसियाले बताए ।

उनको जिन एक्सपर्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको डा.चौरासियाले जानकारी दिए ।

Back to top