×

वीरगञ्ज ३० भदौ । नेपालका बाढीपहिरो पीडितको लागि भारत सरकारले १५ गाडी राहत सामाग्री दिएको छ । गत शुक्रवार साँझ एकीकृत जाँच चौकी (आईसिपी) को नाका हुँदै १५ गाडी राहत सामाग्री वीरगञ्ज आईपुगेको छ ।

आईसिपीको नाका हुँदै १५ वटा मिनी ट्रकमा लोड गरी उक्त राहत सामाग्री वीरगञ्ज महावाणिज्य दूतावासको कार्यालयमा पु¥याएर फिर्ता भएको भारतीय महावणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत नितिश कुमारले बताएका छन ।

राहत सामाग्रीमा ५ सय टेन्ट र ८ सय थान प्लाष्टिक सिट रहेको छ । नेपाल भारत महिलामैत्री समाजको सहकार्यमा ती समानहरु नेपालको विभिन्न ठाउँका बाढी तथा पहिरो प्रभावितहरुलाई र प्रदेश २ को रौतहट र महोत्तरीका बाढी पीडितहरुको लागि पनि वितरण गरिने भारतीय महावणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत नितिश कुमारले बताएका छन ।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयको भन्सार विभागले भारतबाट प्राप्त हुने ती समानहरुको लागि भन्सार महसुल तथा अन्य राजश्व छुट गर्न वीरगञ्ज भन्सारलाई पत्राचार समेत गरेको थियो ।

Back to top