×

बीरगञ्ज ३० भदौं । बीरगञ्जमा जिवन रक्षक औषधी आस्थालिनको अभाव देखिए पछि समाजसेवी शिव गोयलले भारतको पटनाबाट आस्थालिन औषधी मगाएर बीरगञ्जका अस्पताललाई निशुल्क वितरण गरेका छन् ।

बीरगञ्जमा जिवन रक्षक औषधी आस्थालिनको अभाव रहेको थाह भए पछि नरसिह दास बुजलाल गोयल वेल्फेयर सोसाईटीका अध्यक्ष समेत रहेका समाजसेवी गोयलले स्वास प्रस्वास सम्बन्धि विरामी तथा कोरोना संक्रमितहरुलाई स्वास लिन समस्या भएमा समेत प्रयोग हुने आस्थालिनको वीरगञ्जमा अभाव रहेको थाह भए पछि उनी निशुल्क रुपमा आस्थालिन वितरण गर्न अगाडी सरेका हुन् ।

सोसाईटीका अध्यक्ष गोलयले समाजिक अभियन्ता ओमप्रकाश सर्राफको सहयोगमा १५ पिस आस्थालिन अभाव भएका अस्पतालको प्राथमिकिकरण गरी भवानी अस्पताल र १५ पिस वीरगञ्ज कारागारलाई उपलब्ध गराईएका हुन् । आफ्नो जन्म दिनको मौका पारेर गोयल अस्थालिन भवानी हस्पिटलका रामराज श्रेष्ठ र वीरगञ्ज कारागारका प्रमुख सो औषधी उपलब्ध गराउनु भयो ।

उहाँसँगै अभियानमा लाग्नुभएका सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले गोयलको कामलाई प्रसंसा गर्दै बीरगन्जमा अस्थालिनको चरम अभाव रहेको जानकारी मात्र गराई दिएको र त्यसपछि गोयलले स्वयम्को आर्थिक लगानीमा औषधी पटनाबाट मगाएको बताउनुभयो । उहाँले औषधी उपलब्ध गराएर वीरगञ्जलाई गुण लगाउनु भएको चर्चा गर्दै सर्राफले यो औषधीको अभावमा विरामीको ज्यानै जान सक्ने भएकोले यस्तो बेलामा स्वाँस प्रस्वाँसका विरामीहरुको लागि अस्थालिनले संजिवनीको काम गर्ने बताउनुभयो ।

Back to top