कोरोना रोकथामका लागी पर्साको सिमा नाकामा सुरक्षा निकायको टोलीद्वारा निरीक्षण

378

वीरगञ्ज,३० भदौ । सुरक्षा निकायको टोलीद्वारा पर्साको सिमा नाकाको निरीक्षण गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले भारतसंग सिमा जोडिएको पर्साको विभिन्न सिमा नाकाको निरीक्षण गरेका हुन ‌।

सुरक्षा निकायको टोलीद्वारा वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकीटोला लगाएतका नाकामा पुगेर अवस्था बारे जायजा लिएका छन । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सिमा सिल गरेपनी खुला सिमाको कारण भारतबाट नेपाल तर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरु निरीक्षण गरेका हुन ।



निरीक्षणका क्रममा पर्साका सांसद लक्षमणलाल कर्ण, प्रदिप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका लगाएतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here