×

वीरगञ्ज ३० भदौँ । क्यान महासंघ पर्सा शाखाको आयोजनामा दुई दिने लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) सम्बधि वेबिनार सम्पन्न भएको छ ।

कोरोना महामारीका कारण बन्द रहेको शैक्षिक संस्थाहरुलाई अनलाइन प्रविधि प्रयोग गर्दै पुन: सरलताका साथ् सञ्चालन गर्ने उद्द्येशका आयोजना गरिएको वेबिनार सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा साढे ३ सय भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रमुख, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षिक, शिक्षाविद्, सरोकारवाला निकायका व्यक्ति, विद्यार्थीलगायातको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई एलएमएसको प्रयोग, फाइदा, विभिन्न प्रकारका एलएमएस टुल, सञ्चालन, फाइदालगायातका बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको पहिलो दिन गुगलबाट मान्यता प्राप्त प्रशिक्षक एवम् विज्ञ सगुन ढुंगानाले एलएमएसको प्रयोग, यसका प्रकार र यसले शिक्षा क्षेत्रमा पुर्याउन सक्ने योगदानका बारेमा प्रशिक्षण दिएका थिए । उनले एलएमएसको प्रयोग गरेर अहिलेसम्म विभिन्न देशले शिक्षा क्षेत्रमा गरेको उपलब्धिहरुका बारेमा समेत चर्चा गरेका थिए । ढुंगानाले गुगल सुट्सको विभिन्न एप्सहरुका बारेमा बताउँदै यसलाई प्रयोग गरेर विद्यालय, शैक्षिक संस्था र विद्यार्थीले उठाउँन सक्ने फाइदाका बारेमा समेत जानकारी गराएका थिए ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन माइक्रोसफ्ट अफिस एप्स एण्ड सर्भिसेसका एमभीपी प्रशान्त धेवाजुले माइक्रोसफ्ट टिम्स प्रयोगको बारेमा प्रशिक्षण दिएका थिए । उनले माइक्रोसफ्ट टिम्सलाई प्रयोग गर्नेदेखि यसलाई सदुपयोग गर्दै अनलाइन कक्षा सञ्चालनदेखि परिक्ष लिन बारेमा समेत जानकारी गराएका थिए । उनले टिम्सलाई प्रयोग गरेर क्लासरुम निर्माणदेखि गृहकार्य दिने र विद्यार्थीसँग सम्पर्क गर्ने जस्ता स-साना विषयहरुमा छलफल गरेका थिए ।

त्यस्तै अर्का प्रशिक्षक माइक्रोसफ्ट नेपाल भुटान र लाओसका विज्नस डेभलपमेन्ट म्यानेजर दीपेन्द्र बज्राचार्यले माइक्रोसफ्ट टिम्सलाई विद्यालयहरुले प्रयोग गर्ने र यसले हुन् सक्ने उपलब्धिका बारेमा चर्चा गरेका थिए । उनले अनलाइन शिक्षाका लागि नेपाल सरकारले निर्माण गरेको नियम, कानुनजस्ता विषयमा पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।

क्यान महासंघ पर्साका अध्यक्ष दीपक साहको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाका प्रमुख अरविन्द लाल कर्ण प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा क्यान महासंघका सचिव दीपेन्द्र सिंह, भुपाल दास श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, एन प्याब्सनका पर्सा अध्यक्ष राम सुन्दर चौधरी, क्यान महासंघ प्रदेश नं. २ का अध्यक्ष आलोककुमार चौरसिया, क्यान महासंघ पर्साका उपाध्यक्ष प्रशान्त कुमार, प्याब्सन पर्साका सचिव छेदुप लामा, क्यान महासंघ प्रदेश नं. २ का पदाधिकारी, पर्साका पदाधिकारी, प्याब्सन र एन प्याब्सनका पदाधिकारीलगायातको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्यान महासंघ पर्साका सदस्य आशुकुमार सर्राफले गरेका थिए ।

Back to top