आन्तरीक राजस्व कार्यालय पर्सालाई करको चिन्ता, छैन कोरोनाको डर

273

वीरगञ्ज २९ भदौं । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयहरुको काम सुरु भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै जिल्ला प्रशासन कार्यालय, आन्तरीक राजस्व कार्यालय, लगायतका सरकारी कार्यालयहरुको कामले गति लिन थालेको हो । कोभिड संक्रमण फैलिन नदिन आवश्यक मापदण्डका साथ कार्यालय सञ्चालन गर्नु पर्ने भए पनि यहाँका सरकारी कार्यालयमा भद्रगोल तरिकाले कार्यालय संचालनमा ल्याइएको पाइएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट सुरक्षित रहनका लागी विभिन्न किसिमका स्वास्थ्य मापदण्डको पालना गर्न सरकारले बारम्बार अनुरोध गरे पनि सरकारी कार्यालयहरुले नै अटेरी गरेपछि अरु कार्यालयको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।



अनिवार्य रुपमा मास्कको प्रयोग, स्यानिटाइजर तथा साबुन पानीको व्यवस्थाका साथै सामाजिक दुरीको पालना गरेर सरकारी कामलाई सञ्चालन गर्नुपर्नेमा आन्तरीक राजस्व कार्यालय पर्साले कुनै पनि स्वास्थ्य साबधानी अपनाएको छैन ।

कर बुझाउनका लागी आउने सेवाग्राहीहरुको व्यवस्थापनमा कुनै पनि मापदण्ड नअपनाउँदा कार्यालय परिसरमा भिडभाड बढेको कर बुझाउन गएका एक सेवाग्राहीले बताए ।

असुरक्षित तवरले सरकारी काम सञ्चालन गर्दा त्याँहा आउने सेवाग्राहीदेखी कार्यालयका कर्मचारी समेत जोखिममा छन् ।
सरकारी कार्यालयहरुले अहिलेको परिवेशमा व्यवस्थित ढंगले कार्य सञ्चालन गरेर उदाहरण पेश गर्नुपर्नेमा उल्टै लापरवाही गरेर संक्रमण फैलाउने काम गरिरहेको पाइएको छ ।

अहिलेको संवेदनशिल समयमा आन्तरीक राजस्व कार्यालय पर्साको हेलचेक्¥याईले सरकारलाई कोरोना भन्दा बढी चिन्ता करको भएको पनि पुष्ठि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here