×

वीरगञ्ज २७ भदौं । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी टोल आज वृक्षारोपण गरिएको छ ।

टोलस्थित प्रभु अस्पतालदेखि पानीटंकी चौक एलएस न्यूरो अस्पतालसम्म विगतका समयमा वृक्षारोपन गरिएको स्थानमा केही विरुवाहरु नसप्रिएको तथा सुकेको स्थानमा आज पुनः विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको हो ।

वातावरण संरक्षण चुनोतीको रुपमा देखिएकोले वातावरण जोगाउनको लागि मानव जीवनमा अक्सिजन अति महत्वपूर्ण रहेकोले उक्त वृक्षारोपण गरिएको हो ।

सो वृक्षाराोपण कार्यक्रममा टिमुर, गुल्मोहर, अशोका लगायत विभिन्न प्रजातिका करिब ५० वटा विरुवाहरु रोपिएको युवा नेता राजुदीन बाबुले बताए ।

युवा नेता राजुदीन बाबुको अगुवाईमा भएको कार्यक्रममा मैनुदीन हवारी, सुरेश पासवान, सोनु हवारी, मंजुर हवारी, अनवर हवारी, प्रवेज आलम, वसिम राजालगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

Back to top