×

वीरगञ्ज २७ भदौं । मार्चको मध्यमा कोरोना महामारीको कारण विश्व नै ठप्प भयो तर टिना रोड्रिग्ज पहिला देखि नै स्वास्थ्यको सम्बन्धमा सतर्क थिइन् । उनको नयाँ जीवनसाथीले उनलाई सहयोग गरिरहेका थिए जो एक व्यक्तिगत ट्रेनर हुन् । टिनाले जनावरी देखि रक्सी पिउन छोडेकी थिइन् ।

टिना भन्छिन्, 'मैले आफ्नो खानामा सुधार गरे र मस्तिष्कमा केवल एउटा मात्र कुरा थियो त्यो म स्वास्थ्य रहनको लागि यो सबै गर्नुपर्छ । मैले सधैको लागि रक्सी पिउन छोडेको होइन तर जब लकडाउन शुरुवात भयो तब रक्सी पिउनुको कुनै मतलब नै थिएन ।' उनी आफ्नो दुई वर्षको छोरा संग घरमा बस्न पर्ने भएकोले रक्सी छाड्नुपरेको उनी बताउछिन् ।

'हामी बाहिर निस्किएनौ र अझ धेरै मानिससंग मिलिजुली बस्ने कम गरे घरमा रक्सी खानेको विकल्प म संग थिएन ।'

महामारीको क्रममा रक्सीको खपतमा कमी हुँदै गयो तर रक्सी पिउने सम्बन्धमा संयमित व्यवहार वा कम मात्रामा पिउने क्रममा वृद्धि भएको छ । यो एउटा विश्वव्यापी ट्रेन्ड जस्तै बनेको छ ।

२६ वर्षीय टिनाले जुलाईमा आफ्नो क्षेत्रमा पब्स र रेस्टुरेन्ट खुला भएपछि पनि संयमित रहने विकल्प रोजिन् तर सबैले टिनाको जस्तो निर्णय गरेका छैनन् । महामारीको कारण मानिस र रक्सीको सम्बन्धमा विपरित प्रभाव परेको छ । कोरोना महामारीको क्रममा रक्सीको बिक्रिमा तिब्र वृद्धि भएको छ । ब्राजिल, अमेरिका र युरोपेली मुलुकहरु सहित विश्वको स्वास्थ्य अधिकारीहरुले चेतावनी जारी गरेका छन् ।

अमेरिकामा अप्रिलको अन्तिममा जब लकडाउन लगाइएयो तब रक्सीको अनलाइन बिक्रिमा चार सय प्रतिशत वृद्धि दर्ता भयो । दक्षिण अफ्रीकामा लकडाउनको क्रममा रक्सीको खपत कम गर्न बिक्रिमा प्रतिबन्ध लगाउनु परेको थियो ।

वेलायतमा गरिएको एक अनुसन्धानको अनुसार ३० प्रतिशत मानिसले लकडाउनको कारण रक्सीको खपत वृद्धि भएको बताएका थिए । यस चिन्ताजनक वृद्धि हुँदा पनि समझदारीपूर्ण तरिकाबाट रक्सी पिउने र रक्सीलाई पूर्णरुपमा छोड्ने ट्रेन्ड पनि देखिएको थियो । अनुसन्धानमा उक्त ट्रेन्डको पुष्टि पनि भएको छ ।

प्रतिवेदनको अनुसार, ३७ प्रतिशत मानिस आफ्नो रक्सी पिउने बानीलाई नियन्त्रण गर्ने सक्रियताको साथमा काम गरिरहेका छन् । जसमध्ये रक्सीलाई पूर्णरुपमा छोड्ने र कम पिउने पनि रहेको छ ।

पहिला रक्सीको लतसंग लडाई गरिसेकेका र अहिले यसको दुरुपयोगको गम्भीर विषयमा थेरेपी दिने कम गरिरहेका जेम टिमोन्स भन्छन्, 'केहि मानिसको लागि महामारीले साच्चिकै ती समस्याको समाधान गरेको छ जसको कारण उनीहरु आफ्नो हेरचाह गर्न सक्दैन थिए ।' युवा र रक्सीको बीच संयमता !

सन् १९८१ दाखि १९९६ को बीचमा जन्मिएका पिंढी (मिलेनियल्स) पहिला देखि नै अघिल्लो पिंढीको तुलनामा कम पिउने मानिन्छन् ।

अर्को तर्फ, सन् १९९६ पछि जन्मिएका पिंढी (जनरेशन-जी) जुमर्स , रक्सीको विषयमा निकै संयमित रहेका छन् । क्यालीफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताको अनुसार, सन् १९७६ देखि २०१६ मा ३० वर्षको अवधिमा ८० लाख अमेरिकी किशोरहरुमा गरिएको एक अनुसन्धानमा जुमर्स आफ्नो किशोरअवस्थामा रक्सीको उपभोग र असर आफ्नो पछिल्लो पिंढीको तुलनामा कम रहेको छ ।

अनुसन्धान संस्था,  मिन्टेलमा एल्कोहल इन्डस्ट्रीका विशेषज्ञ जनी फोर्सिथ भन्छन्, '२० वर्ष पहिला स्वस्थ रहनु एक अच्चमको विषय हुन्थ्यो तर अब यो सबै भन्दा महत्वपूर्ण भएको छ । समाज अहिले धेरै सजह भएको छ र पहिलाको तुलनामा रक्सी पिउने अस्तित्वको विषयमा अधिक सतर्क भएको छ ।'

उनी भन्छन, '(जुमर्स पिंढी ) जेन-जी सबै पिंढी मध्ये स्वास्थ्य छ र यसले पुरै एल्कोहल इन्डस्ट्रीलाई परिवर्तन गर्नेछ ।”

विशेषज्ञको अनुसार, व्यवहारमा परिवर्तनको कारण एक्सपर्ट पश्चिमी देशहरुमा नयाँ व्यापारको सम्भावना बढ्दै गएको छ र यो छिट्टै विश्वमा फैलिदै जानेछ ।'

९० देशहरुमा ७० हजार भन्दा बढी सदस्य भएको एक वेलबीइंग वेबसाइट 'वन ईयर नो बीयर' ले आफ्नो कामकाजमा व्यवहारको आधारमा परिवर्तन देखिएको छ ।

कम्पनीले मानिसलाई उनीहरुको रक्सीको लतबाट छुटकारा पाउन सहयोग गर्यो ।

मार्चबाट नै कम्पनीको सदस्यतामा ३० प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले यस क्रममा सफल क्राउडफिडिंग तरिका अपनाएको छ र राम्रो स्वास्थ्य व्यवहारलाई प्रोत्साहनको लागि सरकारी समर्थन पनि पाएको छ ।

लो एल्कोहल र एल्कोहल मुक्त पेय बनाउने कम्पनीहरुको पनि महामारीको क्रममा बिक्रि बढेको छ ।

वेलायती बायोलोजिस्ट र बार का संचालक पल म्याथ्युले पछिल्लो वर्ष नोलो एप्रीटिफ तयार गरे जसलाई उनीहरु बार तथा रेस्टुरेन्टमा बिक्रि गर्दछन् ।

जब महामारी बढ्दै गयो म्याथ्युको लागि खराब समय चल्दै गयो र उनि सिधै मानिसहरुलाई आफ्नो ड्रिंक बेच्ने कोसिस गरे र उनीलाई अर्डर आउन थाल्यो ।

उनको व्यापार चार हजार प्रतिशतले वृद्धि भयो ।

नन-एल्कोहलिक बीयरमा अगस्टमा आएको एक रिपोर्टको अनुसार ग्राहकहरु अब एल्कोहल मुक्त पिय पदार्थको तर्फ परिवर्तन भएका छन् ।

उक्त रिपोर्टमा यूरोपमा मात्र यसको व्यापार सन् २०२४ सम्म छ अरब डलर भन्दा अधिक हुनेछ ।

अफ्रीका र मध्यपुर्वमा पनि यस व्यापार फैलिदै छ ।

नोलो सेक्टर रक्सीको एक लाख करोड डलरको भरमा विश्वव्यापी बिक्रिको समान्य अंश बनेको छ ।

अहिले रक्सी उद्योगका मुख्य हस्तीहरु नन- एल्कोहोलिक ड्रिंक बनाउमे काम तिब्र गर्दै लागेका छन् । जस्तै हेनीकेन जीरोको घोषणा ।

यो एक एल्कोहल-फ्री बीयर हो पहिलो पटक यसलाई यूएफा यूरोपा लीगको मुख्य स्पोन्सर हुनेछ सामान्य रुपमा अन्तरराष्ट्रीय स्पोर्ट प्रतिस्पर्धाहरु ठुलो एल्कोहल ब्राण्ड र वशेष गरी बियर ब्रान्ड्सको स्पोन्सरशिपमा हुने गर्दछ ।

 रम बनानउने बाकार्डीको एक अनुसन्धानको अनुसार सन् २०१९ मा मकटेलको गुगल सर्चमा ४२ प्रतिशत नाफा भएको छ ।

मकटेल रक्सी रहित एक ककटेल्सलाई भनिन्छ ।

के राम्रो बानी जारी हुनेछ ?

यसको जिम्मेवारी हस्पिट्यालिटी क्षेत्रमा पनि पर्दछ । दोश्रो पिंढीहरु रक्सीको खपत तर्फ बढ्दो आकर्षण देखिन्छ ।

वन ईयर नो बीयरका प्राय सदस्यको उमेर ३५ देखि ५५ वर्षको बीच रहेको छ र यसको सबै भन्दा नयाँ सदस्य ४० वर्ष भन्दा अधिक भएका मानिस छन् ।

उमेर भएका मनिसको लागि महामारीको क्रममा रक्सी संग सम्बन्ध पुन दोहोरिन कुनै नौलो कुरा होइन ।

सामाजिक संजालको पिंढी भएको कारण मानिसहरु स्पष्ट रहेका छन् । राम्रो बानीलाई निरन्तरता दिन केवल इच्छाशक्तिले मात्र सम्भव हुन्छ । साभार kharibot.com बाट

Back to top