×

वीरगञ्ज २६ भदौं । पर्सामा कोरोना संक्रमित थपिने संख्या ह्वातै घटेको छ । साउनयता उकालो लाग्न सुरु भएको कोरोना संक्रमितको संख्या पछिल्लो समय आएर घट्न थालेको छ । विगत केहि दिनदेखि पर्सामा संक्रमित थपिने संख्या एक अंकमा झरेको तथ्यांकले देखाएको छ ।

पर्सामा विहिबार जम्मा २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा केवल दुई जना संक्रमित थपिएका हुन् । कोरोना परिक्षणको दयारा घट्न थालेपछि संक्रमित थपिने क्रमपनि घटेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराउँदै आएको तथ्यांक अनुसार पर्सामा गरिने कोरोना परिक्षणको दायार घटेको छ ।

नारायणी अस्पतालको पिसिआर प्रयोशालामा विहिबार राति २ सय ९४ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा ३ महिलासहित १४ जना कोरोना पोजेटिभ भएका छन् । जसमध्ये पर्सामा दुई जना, बारामा ११ जना र रौतहटमा १ जना रहेका छन् ।

अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा थपिएका दुवै संक्रमित वीरगञ्ज महानगरपालिकाका वासिन्दा हुन् । दुईमध्ये एक वीरगञ्ज वडा नम्बर ४ र अर्का वडा नम्बर १६ का वासिन्दा हुन् ।

यता नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. ८ का ३ जना, वडा नं. १४ का २ जना, वडा नं. ५, ६, ७ का एक-एक जना र आदर्शकाेटवाल गाउँपालिकाकाे वडा नं. ८ का ३ जना संक्रमित भएका छन् ।

संक्रमित हुनेमा राैतहटकाे कटहरिया नगरपालिका वडा नं. २ का पनि एक जना रहेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए । संक्रमितहरुकाे सिटी भ्यालु १६ देखी २९ सम्म रहेकाे उनले जनाए ।

पर्सामा संक्रमितकाे संख्यामा कमि आएकाे देखिएपछि कति स्वाब परिक्षण गरिएकाे भनेर साेध्दा सम्बन्धित निकायले जानकारी गराउन सकेकाे छैन् । यसले परिक्षणकाे दायर कम गरिएकाे कारण संख्यामा कमि आएकाे हुन सक्ने पर्सेली जनताले अनुमान गर्न थालेका छन् ।

Back to top