×

वीरगञ्ज २५ भदौं । पर्साको सदरमुकाम वीरगञ्जमा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिने भइएको छ । साउनको सुरुवातसँगै कोरोनाभाइरस संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले साउन १० गतेदेखि लागु गरेको निषेधाज्ञालाई तेस्रो पटक लब्याइएको हो ।

बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्तामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो समय भदौं २५ गते राति १२ बजेसम्मका लागि लगाएको निषेधाज्ञालाई निरन्तरता दिँदै भदौं ३१ गते रातिसम्मका लागि निषेधाज्ञा लागु गरेको हो ।

तर, पछिल्लो केहि दिनदेखि वीरगञ्जमा कोरोना संक्रमित थपिने संख्या घट्न थालेपछि निषेधाज्ञालाई भने खुकुलो बनाइएको छ ।

बैठकको निर्णय अनुसार वीरगञ्ज बजार क्षेत्रका पसलहरु अब आवश्यक सुरक्षा मापदण्डलाई अपनाएर शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । यसअघि लगाइएको आलोपालोको नियम हटाइएको छ ।

त्यसैगरी फलफूल र तरकारी बजारपनि सधै खुल्ने भएका छन् । प्रशासनले दिएको निर्देशन अनुसार रेल्वे रोदमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एक तर्फी रूपमा मात्र तरकारी र फलफूल पसलहरु खोल्न पाइने छ । दुई पसल बीच कम्तिमापनि १५ फिटको दूरी कायम गर्नुपर्ने प्रशासनको निर्देशन छ । तरकारी र फलफूल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खुल्ने छन् ।

बैठकले बैंक तथा वित्तिया संस्थाको बारेमा कुनै निर्णय भने गरेको छैन । प्रशासनले भने आवश्यक बाहेक सार्वजनिक यातायातलगायातका सम्पूर्ण सवारी साधनहरुको ओहोरदोहोरमा रोक लगाएको छ ।

त्यस्तै सम्पूर्ण शैक्षिक संस्था, परिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षा, डिपार्टमेन्टल स्टोर, मनोरञ्जन स्थाल, शैलुन, ब्युटी पार्लर, जिमखाना, स्वीमिङ् पूल, पुस्तकालयलगायातका स्थलहरु बन्द रहने भएका छन् ।

Back to top