×

वीरगञ्ज २२ भदौं । युथ काङ्ग्रेस नेपाल प्रदेश नम्बर २ ले सङ्गठन विस्तार गरेको छ ।

विस्तृत सङ्गठनको प्रदेश सचीवमा सर्लाहीका प्रभात ठाकुर र सदस्यहरुमा पर्साका राहुल गुप्ता पर्सा र सर्लाहीकै नुरी मिकरानीर मनोनयन भएका छन् ।

त्यसैगरि सर्लाही जिल्लाको संयोजकमा कुमोद साह र महोत्तरीमा निरज शर्मालाई संयोजकमा नियुक्त गरिएको छ ।

युथ काङ्ग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन, राष्ट्रियता, प्रगतिशिलता, स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने लक्ष्य साथ् विगत ३ बर्ष देखि युवा राजनीति र लोकतन्त्र सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यस संस्थाले देशव्यापी रुपमा उच्च अध्ययनगरी सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेको र नेपालमा लोकतान्त्रिक विचारधारा प्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्दैछ । यस संस्थाको हालको कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृर्दि तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखिएको छ।

युथ कांग्रेश नेपाल प्रदेश न २ मा नियुक्त भएका हालका युवाहरु कानुन र आइटी पढेर सामजिक कार्यहरुमा संग्लन रहेको छ ।

Back to top