×

चिरञ्जीवी यादव, वीरगन्ज २२ भदौ । पर्साको ग्रामिण भेगमा शालको काठको व्यापक तस्करी भैरहेको छ ।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ आँप बगैचामा भण्डारण गरि राखिएको अबैध शालको गोलिया ४ थान शस्त्र प्रहरी बरामद गरेका छ ।

आज बिहान शस्त्र प्रहरी सुरक्षा ब्यास क्याम्प बागेश्वरी तितरौनाका शस्त्र प्रहरी निरिक्षक मान बहादुर पाण्डेको नेतृत्वमा खटिएको शस्त्र प्रहरीको टोली गोप्य सुचनाको आधारमा छापामारी गरि ४ थान शालको गोलिया बरामद गरेका हो ।

बरामद गरेका शालको गोलिया अन्दाजी २५ क्यु फिट काठ रहेको इलाका बन कर्यालय रङ्गपुरमा बुझाएको शस्त्र प्रहरी निरिक्षक पाण्डेले जानकारी दिनु भएको हो ।

बढ्दो कोरोना भाइरसको माहामारीको मौका छोपी तस्करहरु ग्रामिण भेग्मा राष्ट्रीय बन जङ्गलबाट दिन्हु शालको काठ कटान भै रहेको स्थानियको गुनासो रहेको छ ।

Back to top