कोरोना संक्रमणमा भारतले ब्राजिललाई पनि उछिन्यो

44

वीरगञ्ज २२ भदौं । कोरोना भाइरस संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ। कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो भएको छ। पहिलो नम्बरमा अमेरिका छ।

भारतमा दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ९० हजार ६३२ जना कोरोना संक्रमित थपिएका छन्।

दैनिक संक्रमणका हिसाबमा यो अहिलेसम्मकै बढी हो। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८११ पुगेको छ।



करिब १ अर्ब ३८ करोड जनसंख्या भएको देश भारतमा दैनिक १० लाखको हाराहारीमा कोरोना परीक्षण हुन्छ।

संक्रमणसँगै भारतमा मृत्युदर पनि उच्च छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ६५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म भारतमा ७० हजार ६२६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

मृत्युका हिसाबले भने भारत तेस्रो स्थानमा छ। पहिलो र दोस्रो स्थानमा क्रमशः अमेरिका र ब्राजिल छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here