×

वीरगञ्ज २१ भदौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

आइपिएलले आइतबार आसन्न लिगको खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्सबीच सेम्टेम्बर १९ तारिखमा प्रतिस्पर्धा हुनेछ।

आइपिएलको दोस्रो दिन सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबको सामना गर्नेछ।

त्यस्तै, सेप्टेम्बर २१ तारिखमा तेस्रो खेलमा सनराइजर्स हैदराबादले विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दा २२ तारिखमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्ससँग खेल्नेछ।

२३ तारिखमा कोलकोत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग खेल्ने तालिका छ।

भारतमा कोरोना भाइरसको उच्च जोखिम भएपछि आइपिएल युएईमा हुन लागेको हो। यसअघि सन् २०१४ मा भारतमा चुनाव हुँदा आइपिएलको २० खेल यूएईमा खेलाइएको थियो।

Back to top