×

वीरगञ्ज १७ भदौं । पर्साकाे बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह काेराेना भाइरस (काेभिड १९) सङ्क्रमण मुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मेयर साहसहित पर्साको विभिन्न आइसोलेशन सेन्टर, होम आइसोलेशन, सामुदायिक आइसोलेशन र होटल आइसोलेशनगरी थप १ सय ९ जना कोरोनामुक्त भएका हुन् ।

साउन २४ गते काेराेना सङ्क्रमित भएका मेयर साहकाे तेस्राे पटकाे रिपाेर्ट काेराेना नगेटिभ आएकाे हाे । काेराेना सङ्क्रमित भएपछि हाेम आइसाेलेसनमा बस्दै आएका मेयर साह २५ दिनमा काेराेना निकाे भएका हुन् ।

कोरोना सङ्क्रमणमुक्त हुनेमा अस्थायी कोभिड अस्पताल गण्डक हस्पिटलबाट एक जना, बहुदरमाई नर्दाह मा. साह माध्यमिक विद्यालयको सेमी आइसोलेशनबाट १४ जना, रानी पोखरी होटल आइसोलेशनबाट १ जना, बहुदारमाई नगरपालिकाको भौराटारस्थितसेमी आइसोलेशनबाट ३१ जना, होटल कुमु प्यालेस (पर्सागढी) सेमी आइसोलेशनबाट ४९ जना, पोखरिया नगपालिकाको होम आइसोलेशनबाट २ जनागरी १ सय ९ जनाले कोरोना जितेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

योसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमणमुक्त भएको सङ्ख्या ८ सय ५६ पुगेको छ । अहिलेपनि विभिन्न आइसोलेशन सेन्टरहरुमा १ हजार ३ सय ६४ जनाको उपचार चलिरहेको जिल्ला प्रशासनको तथ्यांकले देखाएको छ ।

 

Back to top