×

वीरगञ्ज १६ भदौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।

यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

निगमले इस्वी सम्वत् महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ। ईण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मुल्य अनुसार पेट्रोको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।

नयाँ समायोजन गरिएको मूल्य विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जानकारी दिएको छ।

Back to top