×

वीरगञ्ज १५ भदौं । नेपालमा रेम्देसिभिरको पहिलो ब्याच आइपुगेको येतिकेम डिष्ट्रिब्यूटर्स प्रालिले बताएको छ । कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग हुने सिप्रेमी नामक सो औषधि भारतीय बहुराष्ट्रिय फर्मा कम्पनी सिप्ला लिमिटेडले उपलब्ध गराएको हो ।

नेपालमा कोभिड–१९ का बिरामीको तत्कालीन उपचारका लागि भनेर प्रशासन विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिलाई नियामक अनुमति दिएको हो । पहिलो ब्याचमा ४८० भाएल औषधि रहेको छ । प्रत्येक भाएलको मूल्य ६ हजार ४०० रहेको छ । यो रेम्देसिभिरको सबैभन्दा न्यून मूल्यको जेनरिक भर्सन हो ।

आफूहरुले २ हजार भाइल औषधिको लागि अनुमति पाएको यचिकेम डिष्ट्रिब्यूटर्स प्रालिका अध्यक्ष प्रभु आर वैधले बताएका छन् । औषधि तीन ब्याचमा उपलब्ध हुने र दोस्रो ब्याचमा सेप्टेम्बर १० मा ४८० भाएल औषधि आउनेछ । बाँकी रहेको १ हजार ४० भाएल औषधि भने सेप्टेम्बर २५ मा उपलब्ध हुने बताइएको छ ।

हालैका दिनमा नेपालमा कोभिड–१९ का गम्भीर बिरामीो संख्या बढेसँगै सरकारले रेम्देसिभिरको प्रबन्ध गर्न थालेको हो । यद्यपि, बिरामीहरुको यसको प्रयोग गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले तय गरेको प्रोटोकल र निर्देशिकाको पालना गर्नुपर्ने र औषधि डाक्टरहरुको प्रत्यक्ष निगरानीमा मात्रै चलाउनु पर्ने बताइएको छ ।

रेम्देसिभिर कोभिड–१९ को बिरामीको उपचारका लागि अमेरिकी नियामक एफडीएले आपतकालीन प्रयोगका लागि अनुमति दिएको एक मात्र औषधि हो ।

Back to top