×

वीरगञ्ज १५ भदौं । वीरगञ्जमा थप ४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ३ जनाको जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएको छ ।

अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार विभिन्न स्थानबाट आएका ४ सय ३६ जनाको स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा ३८ जनामा र अस्पतालको आकष्मिक कक्षमा भर्ना भएका ४ जनाको जिन अक्स्पर्ट प्रविधिबाट परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

८ महिलासहित थपिएका सङ्क्रमितमा ६ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्म रहेका छन् । जसमध्ये पर्साका ३२ जना, बाराका ४ जना, सर्लाहीका एक जना र ठेगना खुल्न नसकेका एक जना रहेको डाक्टर चौरसियाले बताए । जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएकाहरुको पनि ठेगाना खुलेको छैन ।

पर्सामा थपिएका सङ्क्रमितहरुमध्ये वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका २१ जना, कालिकामाई गाउँपालिकाका ९ जना र जिराभावानी गाउँपालिकाको २ जना रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ मा सबैभन्दा धेरै बाह्र जना, वडा नम्बर २ मा तिन जना, वडा नम्बर २० मा २ जना र वडा नम्बर ५, ६, १३ र १५ मा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर १ र ४ मा चार/चार जना र वडा नम्बर ३ मा एक जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी जिराभावानी गाउँपालिकाको वडा नम्बर २ को दुई जना सङ्क्रमित भएको डाक्टर चौरसियाले जानकारी दिए ।

यता बारा जिल्लाको कोल्भी नगरपालिकाको ३ जना र महागढ़ीमाई नगरपालिका वडा नम्बर ११ का एक जनापनि सङ्क्रमित भएका छन् । सर्लाहीका सङ्क्रमित रामनगर गाउँपालिकाका हुन् ।

थपिएका सङ्क्रमितहरुको सिटि भ्यालु १७ देखि ३२ सम्म रहेको डा. चौरसियाले जानकारी गराए ।

Back to top