×

वीरगञ्ज १३ भदौ । पर्सामा आज कोरोना सङ्क्रमणबाट ६१ मुक्त भएका छन् । वीरगञ्जका विभिन्न कोभिड अस्पताल, होम आइसोलेसन, सामुदायिक आइसोलेसन र पेड होटल आइसोलेसनबाट कोरोनाभाइरस सङ्क्रमणबाट ६१ जना मुक्त भएका हुन् ।

अस्थायी कोभिड अस्पताल गण्डकबाट ५ महिलासहित १६ जना, वीरगञ्ज हेल्थ केयरबाट ४ महिलासहित १७ जना, रानी पोखरी होटल सेमि आइसोलेसनबाट ४ जना, राणीसती धर्मशाला सेमि आइसोलेसनबाट ९ जना, पोखरीया अस्पतालबाट १० जना, पोखरियामै होम आइसोलेसनमा रहेका ४ जना र नारायणी वयोधा अस्पतालको आइसोलेसनबाट एक जना गरी ६१ जना कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्सामा हालसम्म कोरोनाभाइरसमुक्त हुनेहरुको संख्या ६ सय ४७ जना पुगेको छ । जीप्रकाले शनिबार साँझ सार्वजिक गरेकाे विवरण अनुसार प्रशासनले व्यस्थापन गरेको विभिन्न आइसोलेसनमा अझैपनि ३६ महिलासहित १ सय ४ जना रहेका छन् । त्यसैगरी १ सय ९९ महिलासहित ९ सय ३१ जना होम आईसोलेसनमा रहेका छन् ।

नारायणी कोभिड-१९ अस्पताल गण्डकमा ३१ पुरुष १९ महिलासहित ५० जना उपचारत रहेको र जसमध्ये ९ जना आइसियुमा रहेकाे प्रशासनले जनाएकाे छ ।

यस्तै नारायणी कोभिड-१९ अस्पताल वीरगञ्ज हेल्थ केयरमा ३७ पुरुष १७ महिलासहित ५४ जना उपचारत रहेको र जसमध्ये १९ जना आइसियुमा रहेकाे प्रशासन कार्यालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

Back to top