×

वीरगञ्ज १३ भदौ । कोरोनाको हटस्पट वीरगञ्जमा सङ्क्रमणबाट थप एक वृद्ध महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार उपचार गराउँन पुगेकी महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

हिजो दिउँसो अचानक श्वासप्रश्वासमा समस्या आएपछि नारायणी अस्पताल पुगेकी वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीकी ६५ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको थियो ।

महिलाले साँझ ७ बजे आइसियू कक्षमा उपचारको क्रममा ज्यान गुमाएकी थीइन । उनमा मृत्यु पश्चात कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

वृद्धाको मृत्युपछि अस्पतालमा रहेको ल्याबमा उनको स्वाब संकलन गरी जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।

योसँगै पर्सामा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ भने सङ्क्रमितको संख्या २ हजार कटेको छ ।

Back to top