×

वीरगञ्ज १२ भदौं । सङ्कट व्यवस्थापन केन्द्र पर्साले जिल्लामा विगत एक महिनाभन्दापनि लामो समयदेखि लागेको निषेधाज्ञालाई भदौं १८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार एउटा सूचना प्रकाशित गर्दै श्रावन १० गतेदेखि पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञालाई भदौं १८ गते मध्य रातिसम्म निरन्तरता दिने निर्णय गरेको छ भन जिल्लाका अन्य पालिकाहरुमा श्रावन १९ गतेदेखि लागेको निषेधाज्ञालाई अन्त्य गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारि आस्मान तामाङको सभापतित्वमा शुक्रबार बसेको सङ्कट व्यवस्थापन केन्द्र पर्साको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भदौं १९ गतेदेखि भने विभिन्न क्षेत्रहरुको निषेधाज्ञालाई खुकुलो गरेको छ । प्रशासनले भदौं १९ गतेदेखि वीरगञ्ज महानगरको बजार क्षेत्रमा रहेका पसलहरुलाई आलोपालो गरी खोल्न दिने निर्णय गरेको छ ।

निर्णय अनुसार वीरगञ्ज महानगरको बजार क्षेत्रभित्र रहेका पसलहरुलाई उद्योग वाणिज्य सङ्घको समन्वयमा आइतबार, मङ्गलबार र बिहिबार बाटोको एक तर्फ र सोमबार, बुधबार, शुक्रबार बाटोको अर्को तर्फका पसलहरुलाई दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न दिइने छ।

त्यसैगरी प्रत्येक दिन रेलवे रोडमा तोकिएको स्थानमा बिहान ५ बजे बजेदेखि ८ बजेसम्म ३ घण्टाकालागि तरकारी तथा फलफुल विक्री वितरणका गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानेको छ ।

त्यस्तै वीरगञ्ज बजार क्षेत्रमा रहेका बैंक तथा वित्तिया संस्थाहरुलाई सामाजिक दूरीलागायतका आवश्यक मापदण्ड पुरा गर्दै सेवा उपलब्ध गर्न दिने निर्णय भएको छ ।

निषेधाज्ञाका कारण अति गरिव, विपन्न, दैनिक ज्यालादारी गरी जिवकोपार्जन गर्ने नागरिकलाई औचित्य, आवश्यकताका आधारमा वीरगञ्ज महानगरपालिकाले राहत वितरण गर्ने निर्णय समेत भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेखि गरिएको छ ।

निर्णयमा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी र सहज बनाउँन वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण वडाहरुमा वडा अध्यक्षको संयोजकत्वमा नेपाल प्रहरीको सहयोग लिँदै स्थानीय स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने भनिएको छ ।

बैठकले निषेधाज्ञा अवधिभर अति आवश्यक बस्तुहरुको दुवानी सहजताको लागि उद्योग वाणिज्य सङ्घ वीरगञ्जले समन्वय तथा सहजीकरण गर्ने, अस्पतालहरुमा रगतको आभाव हुन् नदिन रक्त सञ्चारकेन्द्र वीरगञ्जको प्रभावकारी व्यस्थापन नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले गर्नेलगायतको निर्णयहरु गरेको छ ।

यी क्षेत्रहरु अझै बन्द रहने

निर्णय अनुसार जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रावाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन । तयस्तै मेला, महत्सव, जात्रा, सभा, जुलुस गर्न रोक लगाइएको छ भने मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा परम्परागत रुपमा हुँदै आएको पूजा अर्चाना बाहेकका सम्पूर्ण गतिबिधिमा रोक लगाइएको छ । त्यसैगरी सम्पूर्ण शैक्षिक संस्था, पार्टी प्यालेस, होटल रेस्टुराँ, शैलुन, ब्युटी पार्लर, स्पा, स्वीमिङ पूल, जिमलगायातका स्थानहरुपनि अर्को निर्णय नभएसम्म बन्द रहने छन् ।

प्रशासनले नेपाल सरकारको निर्णय अनुसार उद्योग सञ्चालनमा समेत रोक लगाएको छ ।

Back to top