×

वीरगञ्ज १२ भदौं । पर्सा र बारा जिल्लामा विगत एक महिनादेखि लागेको निषेधाज्ञाका कारण वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको आभाव भएको छ ।

रगत सङ्कलनका लागि सबैभन्दा महत्वपूर्ण माध्यम मानिने रक्तदान कार्यक्रमहरु हुननसकेपछि रगतको आभाव भएको हो ।

विगत केहि दिनदेखि रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभावको आभाव हुँदा सेवाग्राही मार्कामा परेका छन् । सोहि आभावलाई मध्यनगर गर्दै बाराको प्रसौनी गाउँपालिकामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ बथानीस्थित सुर्य युवा क्लबको आयोजना भएको रक्तदान कार्यक्रममा ३ महिलासहित ५७ जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् । कार्यक्रममा अध्याधिक पहिलो पटक रक्तदान गर्ने थिए ।

क्लबका अध्यक्ष सनाेज मण्डलकाे सभापतित्वमा आयोजित कार्यक्रममा मेडिकल कलेजले प्राविधीक टोलिले सहयाेग उपलब्ध गराएकाे थियाे ।

रगतको आभाव र यसले सृजना हुनसक्ने भयावह अवस्थालाई मध्यनगर गर्दै स्थानिय युवाहरुक सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे व्यवस्थापक विनय गुप्ताले जानकारी दिए ।

रक्तसञ्चार केन्द्र वीरगञ्जले इच्छुक रक्तदातालाई केन्द्रमा पुगेर रक्तदान गर्न अनुरोध गरेको छ ।

Back to top