×

वीरगञ्ज १२ भदौं । जापानको इतिहासमा सबैभन्दा लामो समयका लागि प्रधानमन्त्री बनेका सिन्जो आवेले राजिनामा दिएका छन् । आफ्नो कार्यकालको अझै एक वर्ष बाही नै रहँदा आवेले राजिनामा दिएका हुन् ।

स्वास्थ्यमा समस्या आएको कारण आवेले राजिनामा दिएको जापाको स्थानीय मिडियाले जानेको छ ।

जापानबाट प्रसारण हुने टेलिभिजन एनएचकेले अबेको राजीनामा आउँन लागेको जानकारी गराएको हो । ६५ वर्षीय प्रधानमन्त्री अबेले आफ्ना कारणले सरकारमा समस्या नआओस् भन्ने भावना दर्शाएको जनाइएको छ ।

अबे आठ दिनको अन्तरालमा दुईपटक अस्पताल गएपछि उनलाई स्वास्थ्यबारे जनतालाई स्पष्ट पार्न भनिएको थियो । उनले पत्रकार सम्मेलनमार्फत् त्यसबारे स्पष्ट पार्ने जनाएका थिए ।

जापानका लोकप्रीय प्रधानमन्त्री अबेलाई केही वर्षयता आन्द्रामा समस्या थियो । तर, पछिल्लो समय यसले निकै जटिलता थपेको बताइएको छ । सन् २०२१ सम्म प्रधानमन्त्री रहनुपर्ने अबे एक वर्ष अगावै राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

Back to top