×

वीरगञ्ज ११ भदौं । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने बारे सरोकारवाला निकायसँग छलफल सुरु गरिएको जनाएको छ । धेरै भिडभाड हुने स्थान बाहेकका क्षेत्रलाई सुरक्षाकर्मीको निगारिकमा उचित मापदण्ड अपनाउँदै खुकुलो पर्ने सरोकारवाला निकायसँग छलफल सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको हो ।

पर्साका नयाँ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बिहिबार पत्रकारहरुसँग छलफल गर्दै कोरोना सङ्क्रमणको चेन ब्रेक गर्ने एक मात्रै उपाय भएपनि यसलाई अब परिवर्तन गर्न आवश्यक भएको बताए । उनले मोडालिटी परिवर्तन गर्दै निश्चित समयका लागि निश्चित क्षेत्रहरुमा निषेधाज्ञा खुकुलो गरिने जानकारी दिए ।

प्रजिअ तामाङले जिल्लालाई कोरोनामुक्त गर्दै ग्रिनजोनमा परिवर्तन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले आफ्नो कार्यकला शान्ति सुरक्षा, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षा र नागरिकलाई सहज सोवा प्रवाहमा केन्द्रीत रहने बताए ।

तामाङले बैनिकिंग क्षेत्रको निषेधाज्ञालाई खुकुलो बनाउँन शहरका बैंकरहरुसँग छलफल गरिएको बताउँदै गराउँदै भोली यहाँक उद्योगी, व्यवसायी र राजनीतिक दलहरुसँग निषेधाज्ञाको नयाँ मोडालिटीमा जानेबारे छलफल गरिने जानकारी दिए।

छलफलमा सहभागी सञ्चारकर्मीहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न, गरिव, असहाय नागरिकको जीवकोपार्जन तथा कोरोना संक्रमितहरुको उपचार प्रभावकारी बनाउनुपर्ने सुझाब दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द चौहान, प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटेलगायत पर्साका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Back to top