×

वीरगञ्ज ११ भदौं । पर्सा जिल्लाका विभिन्न स्थानमा रहेको आइसोलेशनमा कोरोना सङ्क्रमित भइ उपचार गराइरहेका १ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानमा व्यवस्थापन गरिएको आइसोलेशन सेन्टर, कोभिड अस्पताल, होम आइसोलेशन र होटल आइसोलेशनमा रहेका १ सय ३ जनाले कोरोनालाई परास्त गर्दै सङ्क्रमणमुतक भएका हुन् । योसँगै पर्सामा कोरोना सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५ सय ४७ पुगेको छ ।

त्यसैगरी जिल्लाका विभिन्न स्थानगरी बिहिबार थप २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्सामा अब कुल कोरोना सङ्क्रमितहरुको संख्या २ हजार काटेर दुई हजार २२ पुगेको छ । जसमा २४ जना भारतीय नागरिक, १ सय ३० जना स्वास्थ्यकर्मी, ८९ जना सुरक्षाकर्मी, १३ जना पत्रकार, ९८ कैदी थुनुवा, ४९ जना अस्पताल सफाइकर्मी, गार्ड, कार्यालय सहयोगी ३ जना पनि रहेका छन् ।

त्यस्तै विभिन्न आइसोलेशन सेन्टर १ सय २२ जना र होम आइसोलेशनमा ८ सय ४ जनागरी ९ सय २६ जना अहिललेपनि उपचाररत छन् भने सय जना कोरोनाको शंक्सास्पद व्यक्ति अहिलेपनि क्वारेन्टिनमा रहेका छन् । गण्डक अस्पतालको आइसोलेशनमा ६० जना उपचारत छन् भने वीरगञ्ज हेल्थ केयरमा ६२ जनाको उपचार चलिरहेको छ ।

जिल्लामा अहिले सम्म १८ हजार ७ सय ९१ जनाको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिएको छ जसमा बिहिबार सङ्कलन गरिएको ३ सय जनाको रिपोर्ट आउँन बाकी रहेको छ ।

सङ्क्रमणबाट अहिलेसम्म पर्साको विभिन्न स्थानका ३३ जनाले ज्यान गुमाएका छन् ।

Back to top