×

वीरगञ्ज ८ भदौँ । पर्सामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार पर्साको वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकागरीमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिए सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिकाका २० जना रहेका छन् भने पर्सागढी नगरपालिकाका १४ जना रहेका छन् । भदौं ५ गतेदेखि ७ गतेसम्म विभिन्न स्थानमा संकलन गरिएको स्वाबलाई परिक्षण गर्दा ६ महिलासहित थप ३४ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सङ्क्रमित हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. ४ की एक जना महिला र वडा नं. ६, ११, १२, १६, २१ र २४ का एक/एक जना पुरुष रहेका छन् । त्यसैगरी वडा नं. १५ भिस्वामा ९ जना पुरुष र ४ जना महिलागरी १३ जनामा सङ्क्रमण देखिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै पर्सागढी नगरपालिका वडा नं. ८ को १४ जना पुरुषमा सङ्क्रमण देखिएको छ । योसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या १ हजार ९ सय ४४ पुगेको छ । जसमा १ हजार ५ सय १९ जना पुरुष र ४ सय २५ जना महिला रहेका छन् ।

जिल्लामा सङ्क्रमणबाट हालसम्म ३० जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

Back to top