भारतका तीन ओटा कम्पनी कोरोना खोपको परीक्षण गर्दै

250

नयाँदिल्ली ४ भदौ । भारतमा तीन ओटा कम्पनीहरुले कोरोना खोपको परीक्षण गर्न शुरु  गरेका छन् ।

हाल भारतका  तीन ओटा कम्पनीले खोपको परीक्षण गरिरहेका छन् जसमा बायोटेक इन्टरनेशनल, जाइडस क्याडिला र सीरम इष्टिच्यूट अफ इन्डिया रहेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोपका लागि तीन ओटा भ्याक्सिनको अलग–अलग चरणमा परीक्षण भइरहेको बताएका थिए । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले अनुमति दिएपछि कोरोना खोपको उत्पादन गर्ने तयारी भारतले गरिरहेको छ ।



ती कम्पनीहरुले बायोटेक कम्पनी इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा काम गरीरहेको समाचार एजेन्सीहरुले बताएका छन् ।

ती कम्पनीहरुले उत्पादन गरेको खोपको हाल परीक्षण पनि चलिरहेको बताइएको छ । ती कम्पनीहरु मध्ये जाइडस क्याडिलाले उत्पादन गरेको खोप मानिसमा परीक्षण गर्ने चरणमा पुगेको भारतीय टेलिभिजन च्यानल आजतकले आफ्नो वेबसाइटमा लेखेको छ ।एजेन्सीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here