×

वीरगञ्ज १ भदौं । बलिउडका फिल्म निर्देशक निशिकान्त कामतको निधन भएको छ । उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

केही समययता उनी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए । आइसियूमा उपचाररत अवस्थामा उनको निधन भएको हो । उनलाई ३१ जुलाईमा एआइजी अस्पतालमा भर्ना गरिएको थियो ।

उनले केही फिल्ममा अभिनय पनि गरेका छन् । सन् २००४ मा बनेको ‘हवा आने दे’बाट उनी बलिउड प्रवेश गरेका हुन् । त्यस्पस्चात उनले मुम्बई मेरी जान, फोर्स, लाल बिहारी, दृश्यम र रक्की ह्यान्डसम जस्ता बक्स अफिस हिट निर्देशित गरेका थिए । उनको अर्को चलिचित्र दरबदर यसै वर्ष रिलिज हुने भनिएपनि कोभिडका कारण सरेको थियो ।

उनको निधनमा बलिउड अभिनेता अजय देवगणले शोक व्यक्त गरेका छन् । अजयले उनको निर्देशनमा फिल्ममा काम गरेका थिए ।

https://twitter.com/ajaydevgn/status/1295322128896520192

Back to top