×

वीरगञ्ज ३२ श्रावन । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आइतबार चाँदी २३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

Back to top