×

वीरगञ्ज ३१ श्रावन । कोरोनाभाइरस महामारीले त्राहिमाम बनेको पर्सामा थप १ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत शुक्रबार राती एक पुरुषले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १२ का ६० वर्षीय वृद्ध रहेको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

उच्च रक्तचाप, मधुमेह रोगबाट ग्रसित र पक्षाघात समेत भएका वृद्धलाई कोरोना पुष्टि भएपछि श्रावन २७ गते भर्ना गरिएको थियो ।

उनको शुक्रबार राती सघन उपचार कक्षमा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए ।

योसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढेर २३ पुगेको छ ।

Back to top