वीरगञ्जमा आज थप एक पुरुषको कोरोनाबाट मृत्यु

678


वीरगञ्ज ३१ श्रावन । वीरगञ्जमा शनिबारपनि एक जनाले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक ४७ पुरुषको आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुने पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. २६  अठराह सुगौलिका बासिन्दा हुन् । उनमा मृत्यु पश्चात सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

शनिबार बिहान अचानक श्वासप्रश्वासमा समस्या आउँनका साथ नाक र मुखबाट रगत निस्केपछि उनलाई नारायणी अस्पतालमा व्यवस्थापन गरिएको सेमी आइसोलेसनमा भर्न गरिएको थियो ।



आइसोलेसनमा उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई आइसीयुमा सिफ्ट गरेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपारीटेन्डेन्ट डा. मदनकुमार उपाधायले बताए ।

मृत्यु पश्चात उनको स्वाबको नमूना संकलन गरेर पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनको शव अहिलेपनि नारायणी अस्पतालमै राखिएको डा. उपाध्यायले बताए । मृतकको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई लगाइएको उनले जानकारी दिए ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ भने सङ्क्रमितको संख्या ११ सय कटेको छ । वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले विगत २१ दिनदेखि निषेधाज्ञा समेत लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here