×

वीरगञ्ज ३० श्रावन । भारतका गृह मन्त्री अमित शाह काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनुभएकाे छ ।

गएकाे अगस्ट २ तारिखका दिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँ नयाँ दिल्ली नजिक गुडगाउँको मेदान्त अस्पतालमा भर्ना हुनुभएको थियो ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै शाहले आफू निको भएको जानकारी दिनुभएको हो । उहाँले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको र आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

https://twitter.com/AmitShah/status/1294234328151416833

यस्तै गृह मन्त्री शाहले डाक्टरको सल्लाहमा अबका केही दिन घरमै आइसोलेशनमा बस्ने पनि जानकारी दिनुभएको छ ।

Back to top