×

वीरगञ्ज २९ श्रावन । वीरगञ्जका प्रतिष्ठित उधोगपती एवं अख्यानकार गणेश लाठलाई चितवन साहित्य परिषदले पुरस्कृत गर्ने घोषणा गरेको छ ।

चितवनका प्रसीद्ध सािहत्यका एवं शिक्षाविद्व राजकृष्ण कडेलको स्मृतिमा उहाँको परिवारले परिषदले वितरण गर्नेगरी पुरसकार स्थापना गरेको छ ।

चितवन साहित्य परिषद्ले स्थापना गरेको ‘चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार २०७६’ आख्यानकार गणेशप्रसाद लाठ र बसन्त पराजुलीलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ र चितवनका कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ ।

परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा परिषद्ले वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाएको छ ।

परिषदका अध्यक्ष सुरेन्द्र अस्फलको अध्यक्षतामा परिषद् भवनमा बुधबार साँझ बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’, सुमन सौरभको लघुकथासङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूक‍ो ‘मेरो घाम’ लाई अर्पण गरिएको थियो ।

उक्त पुरस्कार मोती जयन्तीमा प्रदान गरिने नियमित कार्यक्रम भए पनि कोरना महामारीका कारण अहिले पुरस्कार घोषणा मात्र गरिएको र अवस्था अनुकूल हुनेबित्तिकै विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिेने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भएको छ ।

Back to top