×

वीरगञ्ज २९ श्रावन । बारा जिल्लाको दुई व्यक्तिमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बारा जिल्लाका दुई जनामा बिहिबार मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको पिसिआर प्रयोशालाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेमा बारा जिल्लाको प्रसौनी गाउँपालिकाका एक पुरुष र जितपुरसिमरा उपमहानगरपालिकाका एक पुरुष रहेका छन् ।

प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनीटोल निवासी ६५ वर्षीय दिनेश प्रसाद कलवारको नारायणी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

केहि दिनदेखि ज्वरो आएपछि घरमै उपचाररत वृद्धालाई बुधवार श्वासप्रवासमा समस्या भएपछि उनलाई वीरगञ्ज वयोधा स्अथितस्पतालमा भर्ना गरिएको थियो । वयोधामा उनमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि चिकित्सकहरुले उनलाई नारायणी अस्पताल सिफ्ट सिफ्ट गरेका थिए ।

नारायणी अस्पतालमा भेन्टिलेटर खाली नभएपछि शंकास्पद कोभिड वार्डमै उनको बिहीवार बिहान ९ बजे मृत्यु भएको अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले बताए ।

त्यस्तै जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमरा टोल निवासी ५० वर्षीय शेख समिमुल हकको बिहिबार बिहान मृत्यु भएको थियो ।

उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेका वृद्धको स्वास्थ्यमा गडबडी भएपछि उनलाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनमा कोरोनाको लक्षण देखिएनसाथ चिकित्सकले बुधबार दिउँसो नारायणी अस्पताल पठाएका थिए ।

Back to top