×

वीरगञ्ज २९ श्रावन । नेपाली कांग्रेस पर्साले विभिन्न पदमा ९ जनालाई मनोनयन गरेको छ ।

पार्टीको जिल्ला कार्यसमितिले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधानअनुसार उपसभापति र सचिव पदमा ९ जनालाई मनोनयन गरेको जनाएको छ । पार्टीले उपसभापति पदमा ४ र सहसचिव पदमा ५ जनालाई मनोनयन गरेको हो ।

मनोनयन गरेका पदाधिकारीहरुलाई कोरोना भाइरस महामारिपछि अनुमोदन गर्ने पार्टीका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । उनले कोरोना महामारीको चपेटमा अहिले सम्पूर्ण देश फसेको हुनाले मनोनयन मात्र गरिएको बताए ।

कांग्रेस पर्साले मानार्थ उपसभापतिमा अशोक जैशवाल, प्रकाश उपाध्याय, दीना गुप्ता र राजु गुप्तालाई मनोनयन गरेको छ ।

त्यसैगरी सहसचिवमा रामनरेश यादव, वीरेन्द्र यादव, श्रीकृष्ण चौहान, रोशा लामिछाने र किरण सरकारलाई मनोनयन गरेको कांग्रेस पर्साद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Back to top