×

वीरगञ्ज २९ श्रवाण । सरकारले उद्योगी व्यवसायीहरुलाई आफ्नो प्रतिष्ठानमा कार्यरत कर्मचारी, मजदूर तथा आफ्नो अनिवार्य कोरोना परीक्षण गराउन आग्रह गरेको छ ।

यसका साथै त्यस्तो परीक्षण गर्दा लाग्ने खर्च समेत सम्बन्धित उद्योगी र व्यवसायीले नै व्यहोर्नुपर्ने भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ एक सूचना जारी गर्दै उद्योगी व्यवसायी तथा व्यापारीहरुलाई अनिवार्य रुपमा आफ्नो, आफ्ना कर्मचारीहरुको कोरोना परीक्षण गराउन भनेको हो ।

'नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिंग मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ।'

स्वास्थ्य मन्त्रालयले सूचनामा भनेको छ-' त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने व्यवस्था गर्न गराउनुहुन अनुरोध गरिन्छ ।'

Back to top