×

वीरगञ्ज २८ श्रावन । बलिउड नायक सञ्जय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ ।

केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंका गरिएका उनमा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

फोक्सो क्यान्सरको तेस्रो चरणमा रहेकाले अब उनको उपचार अमेरिकामा हुनेछ ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले सञ्जय स्तब्ध बनेका छन् । उनले तेस्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा बिताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।

उनको रिपोर्ट मंगलबार मात्र आएको हो । सञ्जयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो ।

सञ्जयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए ।

Back to top