×

वीरगञ्ज २८ श्रावन । नारायणी अस्पतालमा पिसिआर परिक्षणका लागि प्रयोग हुने रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको छ ।

पिसिआर प्रविधि मार्फत कोरोना सङ्क्रमण परिक्षण गर्दा विभिन्न प्रक्रियामा प्रयोग हुने रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय स्वाब परिक्षणको लागि काठमाडौँ पठाईएको हो ।

विभिन्न स्थानमा मास ट्रेसिङ, कन्ट्याक्ट ट्रेसिङम, अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयर र गण्डकमा सङ्क्रमितहरुको दोस्रो स्याम्पल, विभिन्न व्यक्तिहरुले स्वेच्छाले जम्मा गराएको स्वाब आवश्यक किट आभाव हुँदा पीसीआर परीक्षण गर्न काठमाडौं पठाइएको हो ।

रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट लिन गएको एम्बुलेन्समा १२ सय नमुना स्याम्पल पनि परीक्षणका लागि पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

'किटहरु सकिनै लागेको बेला थप किट लिन काठमाडौँ जाँदै गरेको एम्बुलेन्समा हामीले केन्द्रीय प्रयोगशालासँग समन्वय गरेर पीसीआर परीक्षणका लागि स्वाबका नमुना पनि पठाएका हौं,’ मेसु डा. उपाध्यायले भने ।’

उनले आज दिउँसोसम्म किटहरु काठमाडौँबाट आइपुग्ने बताए । दिउँसोसम्म किट आएपछि नियमित परिक्षण सुरु हुने उनले जानकारी दिए ।

Back to top