पर्सामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

641

वीरगञ्ज २८ श्रावन । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बारा जिल्लाका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोक हो ।

थपिएका सङ्क्रमित मध्ये अधिक्तम वीरगञ्ज महानगरपालिकाको विभन्न वडाका बासिन्दा रहेका छन् भने २ जना छिपहरमाई गाउँपालिका र एक जना बाराको प्रसौनी गाउँपालिकाका रहेका नारायणी अस्पतालको प्रयोशालाले जनाएको छ ।

१० महिला रहेका सङ्क्रमितहरु ७ वर्षदेखि ६२ वर्ष उमेर समुहका रहेका छन् ।



वीरगञ्ज महानगरपालिकास्थित रेलवे माध्यमिक विद्यालय र त्रिजुद्ध माधमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । रेलवेको कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जनामा कोरोना पुष्टि भएको छन् भने त्रिजुद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. ९ को रानीघाट र श्रीपुर, वडा नं. १०को घडीअर्वा पोखरी, वडा नं. ११ को पानिटंकी, वडा नं. ६ को माइस्थानका बासिन्दा रहेका छन् ।

त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका वडा नं. १ का एक जनापनि सङ्क्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here