×

वीरगञ्ज २६ श्रावन । बारा जिल्लाको लङ्गडा चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको ज्यान गएको छ ।

दुर्घटनामा परि मृत्यु भएका व्यक्तिको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्राले अनुसार दुर्घटना सोमबार बिहान सवा ६ बजेको करिवमा भएको जानकारी दिए ।

दुर्घटनामा मृत भएक व्यक्तिको शव र मोटरसाइकल खेतमा देखेर स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

दुर्घटनास्थलमा पुगेर प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तिव्र गतिको मोटरसाइकल कल्भर्टमा ठोक्किएर उछिट्टिएर मान्छे र मोटरसाइकल दुवै खेतमा पुगेको हुन सक्ने प्रवक्ता मिश्राले बताए ।

मृतकको मोबाइल पनि पानीले भिजेर बिग्रिएकाले परिचय खुल्न नसकेको उनले जानकारी दिए । मृतक शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

Back to top