×

वीरगञ्ज २६ श्रावन । स्वास्थ्य अवस्था गम्भीर भएपछि पर्साको पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवलाई थप उपचारकालागि हेलिकप्टरबाट काठमाडौँ लागिएको छ ।

विगत ४ दिनदेखि वीरगञ्जस्थित तराई हस्पिटलको आइसीयु कक्षमा उपचाररत नगरप्रमुख यादवलाई श्वासप्रश्वासमा गाह्रो भएपछि चिकित्सकको सल्लहा अनुसार उनलाई हेलिकप्टरबाट काठमाडौँ लागिएको हो ।

श्री एयरलाइन्सको चार्टर हेलिकप्टरबाट सोमबार दिउँसो ३ बजे यादवलाई काठमाडौँ लागिएको उनका स्वकीय सचिव आकाश साहले बताए । यादवलाई काठमाडौँस्थित मेडीसिटि हस्पिटलमा भर्ना गरिने छ ।

ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या आएपछि यादव शुक्रबार तराई हस्पिटलमा भर्ना भएका थिए । यादवलाई गम्भीर किसिमको निमोनिया देखिएको अस्पतालका निर्देशक डा. रोशन कुर्मीले बताए ।

कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण भएकोले उनलाई छुट्टै आइसोलेसन वार्डमा व्यवस्थापना गरिएको आइसीयुमा उपचार गरिएको डा. कुर्मीले बताए । उनले यादवमा कोरोना जस्तो लक्षण देखिएपनि उनको परिक्षणको नतिजा भने नेगेटिभ आएको जानकारी दिए ।

'नगरप्रमुख यादव भर्ना हुँदा उनलाई गम्भीर किसिमको बाइलेटरल निमोनिया थियो, छातीमा रगत जमेको थियो, जस कारण थुक र खकार समेत रगत आउथ्यो । हामीले उनलाई आइसीयुमा अक्सिजन सपोर्टमा राखेर उनको उपचार सुरु गर्‍यौं,' डा. कुर्मीले भने, 'उनको एउटा फोक्सोमा निमोनियाले नराम्ररी असर पारेक छ, सिटि स्क्यानमा कोरोनासँग मिल्दो जिल्दो लक्षण देखिएपनि रिपोर्ट भने नेगेटिभ आएको छ ।'

Back to top