×

वीरगञ्ज २६ श्रावन । वीरगञ्जको पछिल्लो स्वास्थ्य अवस्था सुधार तथा अस्पतालहरुको लापरवाहीको बिरोधमा जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा धर्ना दिइरहका नेविसंघका विद्यार्थी नेताहरु तथा प्रहरी बिच झडप भएको छ ।

झडपको क्रममा एक दर्जन भन्दा बढी विद्यार्थी नेताहरु घाइते भएको नेविसंघ ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।

धर्नामा वसेका नेविसंघ ठाकुरराम एकाई समिति अध्यक्ष साहसहित जिल्ला संयोजक विकास तिवारी तथा जिल्ला उपाध्यक्ष शेष हजरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाजिक दुरी कायम गर्दै शान्तिपूर्वक धर्नामा बसिरहेका बेला अचानक आएर प्रहरीले लाठीचार्ज गरेको तथा विद्यार्थी नेताहरुलाई धरपकड शुरु गरेको नेविसंघ ठाकुरराम एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।

Back to top