×

वीरगञ्ज २६ श्रावन । नेपाली कांग्रेसले उद्योग व्यपार विभागको उपप्रमुखमा संबिधानसभा सदस्य एवम् उद्योगी अनिल रुंगटालाई मनोनयन गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा २५ (९) बमोजिम सोमबार नेपाली कांग्रेसको उद्योग व्यापार विभागमा नेता रुंगटालाई मनोनयन गरिएको जनाएका छन् ।

चिनाकाजी श्रेष्ठको नेतृत्वमा रहेको विभागमा वीरगञ्जका अर्का व्यवसायी सञ्जय केडियालाई चयन गरिएको छ ।

रुंगटा पर्साका प्रभावशाली नेता हुन् । नेपालको प्रतिष्ठित उद्योग घरानाका रुंगटा विभिन्न सामाजीक क्रियाकलापमा समेत आबद्ध छन् ।

Back to top