×

वीरगञ्ज २४ श्रावन । महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेकाे स्थानिय प्रशासनलाइ यहाँका युवाहरूले ध्यानाकर्षण गराएका छन् ।

समुदाय स्तरमा संक्रमण फेलिसक्दा पनि स्थानिय प्रसशान निस्क्रिय रहेका कारण ध्यानाकर्षण गराउन बाध्य भएकाे युवाहरूकाे भनाइ छ ।

आईतवार बिहानै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलाई भेट्दै युवाहरुले पिसिआर परिक्षणमा लाग्दै आएको शुल्क खारेज गर्न, पिसिआर परिक्षणको दायरा बढाउन, पिसिआर रिपोर्टमा भइरहेको ढिलाईलाई अन्त्य गर्ने, उपचार नपाएर बिरामी भौतारिर्दै मृत्युको मुखमा पुग्ने अवस्थाको अन्त्यका लागि युवाहरुले ध्यानाकर्षण गराएका छन् ।

युवाहरुको दबाब र ध्यानाकर्षण पछि मेसु उपाध्यायले अन्य सिकिस्त बिरामीहरुको उपचारका लागि तत्काल ८ बेडको सेमी-आईसोलेसन वार्ड निर्माण गर्ने प्रतिक्रिया दिएको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुधिर पटेलले जानकारी दिए । पिसिआर परिक्षणलाई तिब्रता दिने, छिटो भन्दा छिटो रिपोर्ट सार्बजनिक गर्ने, अन्य बिरामीको व्यवस्थापन कसरी गर्ने लगायतका कार्यहरुबारे पहल चाल्ने मेसु उपाध्यायले बताए ।

विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनका युवाहरुले आईतवारनै पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले भेट्ने समय नदिएपछि टेलिफोनमार्फत कुरा गरेर कोभिड बाहेकका विरामीहरुलाई उपचार नगर्ने निजि अस्पताललाई कारवाही गर्न माग गरेका छन् ।

कोभिड १९ नियन्त्रणमा स्थानीय प्रशासनको भुमिका शुन्य देखिएको भन्दै यथाशिघ्र आवश्यक कदम चाल्न आग्रह गरिएको राष्ट्रिय युवासंघ नेपाल पर्साका संयोजक मोहम्मद निजामुद्धिनले बताए । टेलिफोन संवादमा प्रमुख जिल्ला अधिकारी कार्कीले आफ्ना मागको सम्बोधन गर्ने आश्वासन दिएको संयोजक निजामुद्धिनले बताए ।

मेसु उपाध्याय र प्रमुख जिल्ला अधिकारी कार्की समक्षा आफ्ना मागको सुनुवाईको लागि २ दिने अल्टिमेटम दिएको र तोकिएको समय अवधिभित्र पनि सम्बोधन नभएर सडकमै उत्रिएर आन्दोलन गर्न चेतावनी पनि युवा नेताहरुले दिएका छन् ।

Back to top