×

वीरगञ्ज २४ श्रावन । नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकबाट कोरोना सङ्क्रमणमुक्त भएर २ डाक्टरसहित ८ जना डिस्चार्ज भएका छन् ।

कोरोना सङ्क्रमणबाट मुक्त भएर वीरगञ्जका २ डाक्टर र एक महिलासहित ८ जना डिस्चार्ज भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले बताए ।

डिस्चार्ज हुनेमा वीरगञ्ज विर्ताका ४० बर्षिय डा. दिलिप चौरसिया, नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ४५ बर्षिय डा. आरके सिंह रहेका छन् ।

यस्तै बाराको जितपुरका ३५ बर्षिय महिला, २० बर्षिय पुरूष, मोतिसरका २२ बर्षिय पुरूष, पर्साको बहुदरमाई नगरपालिका ७ निवासी ३३ बर्षिय पुरूष, वीरगञ्ज महानगरपालिका वडा नं. ६ रेशमकोठी निवासी २३ बर्षिय पुरूष र वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका ३० बर्षिय पुरूष डिस्चार्ज भएको डा. सिंहले जानकारी गराए ।

Back to top